धर्म/संस्कृतिसमाचार

कालिञ्चोक शान्तनन्द धर्मकर्म संघमा ठाकुर

दोलखा/श्री कालिञ्चोक शान्तनन्द धर्मकर्म सेवा संघ दोलखा चरिकोटको बार्षिक साधरण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले ठाकुरप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा विमल श्रेष्ठ, सचिव अर्जुन थापा, सहसचिव श्रीराम श्रेष्ठ र कोषाध्यक्ष सविना मानन्धर चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा पूर्णबहादुर थापा, कल्याणी शिवाकोटी, चित्रप्रसाद दहाल र मन्दिललाल श्रेष्ठ चयन हुनु भएको छ ।
संघको लेखा परिक्षण संयोजकमा नवराज श्रेष्ठ र धार्मिक बन संयोजकमा पार्वती थापा चयन हुनु भएको अध्यक्ष ठाकुरप्रसाद घिमिरेले बताउनु भयो ।

सम्बन्धित समाचार