काठमाडौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा चर्चित गायिका पुर्णिमा तामाङ सम्मानित भएका छन्। प्रतिष्ठानको केन्द्रिय कार्यालय काठमाडौको २०औ वार्षिक साधारण सभाकाे विशेष अवसरमा चर्चित गायिका तामाङलाई मानार्थ सदस्यताका् प्रमाण सहित दोसाल्ला ओढाई सम्मानित गरिएको हो।
कलिलो उमेरमै चर्चित गायिका बन्न सफल गायिका पुर्णिमा तामाङले झण्डै ४ सयभन्दा बढी गीत गाईसकेकी छिन् भने उनले गाएका हरेक गीतहरु करोड भ्युज सहित युटुबको टपटेनभित्र परेका छन्। गायिका तामाङले गाएका गीतहरु : फूल भनौ जिन्दगीलाई…, तिम्रो एउटा झुटले…, मुुटु जली खरानी भो…, एक्लो भए म…, तिमी बिन पागल भाछु…, तिम्रो मनमा… जस्ता दर्जनौ मन मुटु छुने गीतहरु स्रोतादर्शकहरुमाझ सुपरहिट बनेका छन्। चर्चित गायिका तामाङलाई यतिखेर गीत गाउन भ्याई नभ्याई छन भने बिभिन्न संघ संस्थाबाट उत्तिकै जसो दैनिक सम्मानित भइरहेकी छिन् भने आफूले गाएका गीतहरु चर्चित भएपश्चात गायिका तामाङ्ग हङकङ, कोरिया, मलेसिया, दुबै, कतार, लगायत थुप्रै देशहरुमा गइ दर्शक श्रोताहरुमाझ आफनो प्रत्यक्ष प्रस्तुती दिईसकेकी छिन्।
गायिका तामाङले स्वदेश तथा विदेशमा गरी आधा दर्जन भन्दा बढी उत्कृष्ट गायिका बिधाबाट अवार्ड प्राप्त गरिसकेकी भने उनी दिनानुदिन बिभिन्न संघ संस्थाबाट सम्मानित हुँदै आएकी छिन् । बुवा रामचन्द्र तामाङ र आमा कान्छीमाया तामाङकी कान्छी छोरीको रुपमा बिक्रम संवत २०५४ साल असोज २९ गते धादिङ्ग जिल्ला साविककाे बैरेनी गाविस हाल गल्छी गाउँपालिका वडा नं ७ मा जन्मिएकी थिइन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट सम्मानित भए पश्चात गायिका तामाङले अफूमाथि गीतसंगीत क्षेत्रमा अग्रसर हुन अझ थप उर्जा मिलेको र गीतसंगीत क्षेत्रलाई नै निरन्तर दिई अघि बढिरहने वचन बद्धता ब्यक्त गरेकी छन्। कार्यक्रम समारोहमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रिता थापा, वरिष्ठ गायक तथा गायिकाहरु, लगायत प्रतिष्ठानका भुतपुर्व अध्यक्षहरु लगायत थुप्रै वरिष्ठ कलाकारहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्