कला / साहित्यबागमतीमुख्य समाचारसमाचार

बिष्णुलक्ष्मी/तुलसिमाया साहित्य सम्मान स्व. बोलबहादुरलाई

दोलखा/बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक बर्ष माघ १ गते प्रदान गर्दै आएको बिष्णुलक्ष्मी/तुलसिमाया साहित्य सम्मान–२०७७ स्व.बोलबहादुर वस्नेतलाई मरणोपरान्त प्रदान गरिएको छ ।
पत्रकार चिरञ्जीवी मास्केले आफ्नो आमाहरु बिष्णुलक्ष्मी श्रेष्ठ (कर्म दिने) र तुलसिमाया मास्के (जन्म दिने) को नाममा स्थापना गर्नु भएको पुरस्कारको राशी १० हजारको रहेको छ । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले स्व. वस्नेतको धर्मपत्नी कुमारी वस्नेतलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले हरेक बर्ष प्रकाशन गर्दै आएको प्रदेयको संस्मरण विशेषाङ्क समेत सार्वजनिक गरिएको थियो । पुस्तकमा २३ जना पत्रकार एवं साहित्यकारहरुको संस्मरण प्रकाशित गरिएको छ ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका अध्यक्ष बिष्णु सुवेदीको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण तथा पुस्तक सार्वजनिक कार्यक्रममा नगरप्रमुख भरतबहादुर केसी, भीमेश्वर नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत मानबहादुर खड्का, प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल, बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, दोलखा साहित्य संगमका अध्यक्ष शङ्करलाल श्रेष्ठ, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य सरद सापकोटा, बिष्णु लक्ष्मी साहित्यिक पुरस्कार समितिका उपाध्यक्ष मुरारि दुलाल, सदस्य विनिता शिवाकोटी र साहित्यकार टहल आचार्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार