Uncategorizedअर्थ र ब्यापारकृषि र सहकारीबागमतीसमाचार

जनसचेतनमा हेमन्त चौलागाईको नेतृत्व

दोलखा/दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ आंै प्रतिनिधि मूलक बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भिमप्रसाद दहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, सहकारीका संचालक दिल बहादुर केसी, जनमुखि साकोसका अध्यक्ष सिताराम दहाल, निर्वाचन समितिका संयोजक केशव कुमार कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिनिधिमुलक बार्षिक साधारणसभाले हेमन्त चौलागाईको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ । समितीको बरिष्ठ उपाध्यक्षमा गोपालध्वज श्रेष्ठ, महिला उपाध्यक्षमा स्वंस्थानी कँुंवर, सचिबमा कमल बहादुर दहाल, सहसचिवमा शिवराम ढकाल र कोषाध्यक्षमा भरत के सी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सरदचन्द्र सापकोटा, शेरबहादुर भुजेल लगाएत रहनु भएको छ । त्यसैगरी मिनप्रसाद दहालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको छ ।
त्यसैगरी दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ मिर्गेमा रहेको इश्वर भूमी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभा पनि शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुबास बस्नेतको अध्यक्षयतामा भएको साधारण सभामा संस्थाका सचिव मन्दिर भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष ढाल बहादुर बस्नेतले गत आर्थिक वर्ष २०७६/०७७ को असार मसान्त सम्मको ४२ लाख ९६ हजार एक सय ८४ रुपैयाँ बराबरको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित समाचार