
सम्राट चाैलागाई
तिमी जस्तै लजाउन जान्ने, को छ र ?
रातो सारी सजाउन जान्ने, को छ र ?
भोकै छ्यौ, मायाको हल्ला चल्या छ
आँखाको लाली बजाउन जान्ने, को छ र ?
नसा बस्यो त्यो नजरको, नहेर त्यसरी
माया गर्दै थकाउन जान्ने, को छ र ?
बाटो फरक छ तिम्रो, तर बानी मीठो
तिम्रो हाँसो नङ्ग्याउन जान्ने, को छ र ?

प्रतिक्रिया दिनुहोस्