राजनीतिसमाचार

एमाले दोलखाको चियापान

दोलखा/नेकपा एमाले दोलखाले विजया दशमी, दिपावली तथा छठ पर्व– २०८३ र नेपाल संवत– ११४६ को अवसरमा शुक्रवार चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा सहभागि अतिथिहरुको स्वागत गर्दै एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले बिभिन्न राजनीतिक दल, राष्ट्रसेवक तथा आम नागरिकहरु बीच आपसी सद्भाव, एकता र आत्मियता कायम गर्ने एमालेको विगत देखिकै परम्परागत संस्कारलाई निरन्तरता दिदै चियापान कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले दलहरु बीच स्वच्छ राजनीतिक प्रतिस्प्रर्धा भएपनि विकास, समृद्धि, बिभिन्न समस्या तथा संस्कार– संस्कृतिको समयमा एकता र सहकार्य आपसेक रहेको बताए । उनले दोलखामा यस्तो संस्कार विगत देखिनै कायम रहेको स्मरण समेत गरेका छन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य, दोलखा इन्चार्ज एवम् पूर्व मन्त्री पार्वत गुरुङ, केन्द्रीय कमिटी सदस्य डबल पाण्डे, बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भरत बहादुर केसी, एमाले नेता शिव प्रसाद भण्डारी, दोलखाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य जगदीश खरेल, बागमती प्रदेश सांसद ठूला थामी, नेपाली कांग्रेसका नवनिर्वाचित सह– महामन्त्री अजयबाबु शिवाकोटी, नेपाली कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी संयोजक भीम दहाल, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सभापति दिनेश वस्नेत, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेपाली कम्युनिष्ट पार्टी दोलखाका संयोजक अशोक कुमार दहाल, भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, राप्रपा नेता नवराज श्रेष्ठ, नेपाल बार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण वस्नेत, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सनत थापा लगायत बिभिन्न राजनीतिक दलका नेता– कार्यकर्ता, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक– विद्यार्थी, उद्योगी– व्यवसायी, किसान, मजदुर, सर्वसाधारण नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

चियापान कार्यक्रममा अतिथिहरुको स्वागत एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव स्वयम बहादुर खड्का, उपसचिव हरि ओली, कमला वस्नेत लगायतले गरेका थिए ।

सम्बन्धित समाचार