कला / साहित्यमनोरन्जनशिक्षास्वास्थ्य

विश्व प्राथामिक उपचार दिवसको अवसरमा सडक नाटक प्रर्दशन

दोलखा/विश्व प्राथामिक उपचार दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाले सदरमुकाम चरिकोटमा सडक नाटक प्रर्दशन गरेको छ । सडक दुर्घटनामा आधारीत सडक नाटक दिपज्योती समाज सुधार संस्थाको सहकार्यमा आयोजना गरिएको हो ।

हरेक बर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिवार मनाईने विश्व प्राथामिक उपचार दिवसको यो बर्षको नारा आप्रवासनका सन्र्दभमा प्राथामिक उपचार भन्ने रहेको छ ।

अव्यवस्थित हाटबजार तथा अन्य जुनसुकै अवस्थामा पनि सडक दुर्घटना हुनसक्ने भएकोले त्यस्तो अवस्थामा तत्काल प्राथामिक उपचार गर्ने विधि, दुर्घटनाबाट बच्ने उपाए, दुर्घटनाका घाईतेको उचित उपचारको लागि खेल्नुपर्ने भूमिका लगायतका विषयमा सडक नाटक प्रर्दशन गरिएको नेपाल रेडक्रस सोसाईटी दोलखाका सभापति भीम केसीले बताए ।

सडक नाटकमा नेपाल रेडक्रस सोसाईटीका प्रशिक्षक केशव प्रसाद सेढाई, बालकृष्ण खड्का, भवानी दुलाल, डम्बर प्रसाद ओली, विपद् प्रशिक्षक थीर बहादुर खड्का लगायतले अभिनय गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी दोलखाका सभापति भीम केसीको सभापतित्वमा सम्पन्न सडक नाटक कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोलखाका उपसभापति बाबुकाजी वस्नेत, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार