खेलकुदयो पनि

गौरीशङ्कर बालगृहमा आशिष फाउण्डेशनको सहयोग

दोलखा/आशिष फाउण्डेशनले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ अनाथालयमा रहेको गौरीशङ्कर बालगृहका बालबालिकालाई खेलकुद तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

स्वर्गीय आशिष श्रेष्ठको सम्झनामा उनका साथीहरुले गठन गरेको आशिष फाउण्डेशनले गौरीशङ्कर बालगृहका बालबालिकाहरुको लागि फुटबल २ वटा, जर्सी १७ सेट, फुटबल बुट ८ जोर, चप्पल ६ जोर, मोजा ६ जोर र खाद्यान्न सामग्री उपलब्ध गराएको फाउण्डेशनका सदस्य रोहन केसीले बताए ।

स्वर्गीय आशिष श्रेष्ठको रुची अनुसार सामाजिक तथा रचनात्मक काम गर्ने उदेश्य सहित गठन गरेको फाउण्डेशनले श्रेष्ठको निधन भएको तीन बर्ष पुगेको अवसरमा गौरीशङ्कर बालगृहका बालबालिकालाई खेलकुद तथा खाद्यान्न सामग्री हस्तान्तरण गरिएको केसीले बताए । आशिष श्रेष्ठकाे निधन २०८० साउन १० गते भएकाे थियाे ।

गौरीशङ्कर बालगृहमा हस्तान्तरण गरिएको खेलकुद तथा खाद्यान्न सामग्री खरीदको लागि फाउण्डेशनमा आवद्ध स्वदेश तथा विदेशमा रहेका स्वर्गीय श्रेष्ठका साथीहरु र एमके स्टोर चरिकोट तथा क्रियटिभ स्टुडियो चरिकोटले सहयोग गरेको फाउण्डेशनले जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका सदस्यहरु अनुप श्रेष्ठ, रोहन केसी र रिजन कार्कीले फाउण्डेशन गठनको उदेश्यको बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित समाचार