मनोरन्जनयो पनि

उषाको तीज गित ‘रातो चुरा, रातै सारी’

काठमाडौँ/चर्चित आधुनिक तथा लोक गायिका उषा गजुरेलको तीजको नयाँ गित ‘रातो चुरा, रातै सारी’ बजारमा आएको छ । शब्द र संगीत समेत आफैले तयार पारेको उषाको यो गित बजारमा आएको छोटो समयमै निक्कै लोकप्रिय बनेको छ ।

‘रातो चुरा, रातै सारी’ तीजको उत्सवमा आधारीत गितमात्र नभै नेपाली नारीको प्रेम, संस्कार, आत्मविश्वास, मातृत्व र संघर्षको कथा समेत हो– गायिका उषा गजुरेलले भनिन् । यो गित धेरै महिलाहरुले आफ्नै जीवनसंग जोडेर पनि सुन्न र म्युजिक भिडियोमा हेर्न तथा महशुस गर्न सक्ने उषाको भनाई छ ।

पारिवारीक जिम्मेवारी, अटिजम भएको सन्तानको हेरचाह र गार्भावस्थाको संवेदनसिल समयमा पनि गायिका उषा गजुरेलले गितको शब्द र संगितसंगै म्युजिक भिडियोमा समेत जिवन्त अभिनय गर्न समेत सकेकी छन् ।

गायिका उषा गजुरेल गित केवल मनोरञ्जनको साधनमात्र नभै जीवनका पीडा, अपेक्षा, प्रेम र सपनालाई अभिव्यक्त गर्ने माध्यम समेत भएकोले आफु जुनसुकै कठिन परिस्थितिमा रहदा पनि संगित पस्कने कुराबाट अछुत रहन नसक्ने बताउछिन् ।

दर्जनौ म्युजिक भिडियोमा स्वर तथा संगित दिएकी उषा गजुरेलको पछिल्लो म्युजिक भिडियो ‘पप्पी देउ न’ पनि निक्कै चर्चित बनेको थियो ।

सम्बन्धित समाचार