काठमाण्डौ/काठमाडौँको नक्साल स्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सोमबारबाट सुरु भएको ‘क्यान्भसमा मेलुङ प्रदर्शनी– २०८३’ सकिएको छ । दोलखाको मेलुङ गाउँपालिकाका बिभिन्न धार्मिक एवम् सांस्कृतिक सम्पदा, जीवन शैली, कृषि, बन, वातावारण लगायतका विषयमा कलाकारहरुले बनाएका चित्र प्रदर्शनीमा राखिएको थियो ।
मेलुङ गाउँपालिका, नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठान र चरिकोट मिडिया फाउण्डेशनको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा बिभिन्न कलाकाहरुले मेलुङ गाउँपालिकाको स्थलगत भ्रमण पछि बनाएका क्यानस चित्र तथा फोटो पत्रकार जीवन लामाका मेलुङ सम्बन्धि फोटोहरु राखिएका थिए ।
कलाकार बिक्रम तमाङको संयोजन तथा मेलुङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानको सहयोगमा कलाकारहरु केही समय अघि मेलुङ गाउँपालिकाको बिभिन्न स्थानमा भ्रमणगरी त्यहाँको धार्मिक एमव् पर्यटकीय केन्द्र, जीवन शैली, वातावरण, कृषि उत्पादन लगायतका विषयमा अध्यन अवलोकन गरेका थिए । भ्रमण पश्चात दोलखा सदरमुकाम चरिकोटमा बसेर कलाकारहरुले मेलुङको बिभिन्न क्षेत्रको क्यान्भास तयार गरी तीनदिनसम्म प्रदर्शन समेत गरेका थिए ।

सदरमुकाम चरिकोटमा बसेर तयार गरिएको मेलुङ सम्बन्धि चित्रकलालाई नै नक्साल स्थित नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानमा प्रदर्शन गरिएको कार्यक्रमको संयोजन गरेका कलाकार बिक्रम तमाङले बताए ।
प्रदर्शनीमा काठमाडौँ, दोलखा लगायत देशका बिभिन्न क्षेत्रका सयौ मानिसले प्रदर्शनी अवलोकन गरेको कलाकार बिक्रिम तमाङले बताए ।
काठमाडौँको नक्साल स्थित नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानमा भएको ‘क्यान्भसमा मेलुङ प्रदर्शनी– २०८३’ ले मेलुङ गाउँपालिकाको सांस्कृतिक एवम् धार्मिक सम्पदा, पर्यटकीय केन्द्र, जीवन शैली, पर्यावरण, कृषि उत्पादन लगायतका विषयमा जान्न चाहने मानिसलाई सहयोगी बनेको र यसले मेलुङ गाउँपालिकाको पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको पालिका प्रमुख हिरा कुमार थोकरले बताए ।


प्रतिक्रिया दिनुहोस्