दोलखा/आगामी फागुन– २१ गतेको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले सोमवारबाट दोलखाको बिभिन्न ठाँउमा मोटरसाईकल पट्रोलिङ सुरु गरेको छ ।
आगामी फागुन– २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सदरमुकाम चरिकोट स्थित गरुड दल गणले सोमवारबाट दोलखाको बिभिन्न स्थानमा मोटरसाईकल पट्रोलिङ सुरु गरेको गणपति कर्णेल लोक सागर कटुवालले बताए ।
सोमवार नेपाली सेनाको गरुड दल गणबाट खटिएको टोलीले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ६ को सिमपानी, सातदोबाटो, बालगृह, कमिनचौर, पिपलबोट, धर्मघर, किराँतीछाप र तामाकोशी इलाकामा मोटरसाईकल पट्रोलिङ गरिएको कर्णेल लोक सागर कटुवालले बताए ।
सरकार र निर्वाचन आयोगले दोलखालाई संवेदनसिल जिल्लाको रुपमा राखेकोले नेपाली सेना लगायत सुरक्षा निकायले निर्वाचन केन्द्रीत सुरक्षा अभियानलाई निरन्तर अगाडी बढाई रहेको छ ।
नेपाली सेनाले फागुन– २१ गते निर्वाचन सम्पन्न भै मत परिणाम सार्वजनिक नहुदासम्म मोटरसाईकल पट्रोलिङलाई निरन्तरता दिने गणपति कर्णेल लोक सागर कटुवालको भनाई छ । नेपाली सेनाले दोलखाको नौवटै पालिकाको सडक क्षेत्रमा मोटरसाईकल पट्रोलिङ गर्ने कर्णेल कटुवालले बताए ।
दोलखा जिल्लामा रहेको कुल ९५ मतदान स्थलमा ५२ वटा अति संवेदनसिल, २८ वटा संवेदनसिल र १५ वटा सामान्य भनि बर्गिकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्