दोलखा/महाशिवरात्री पर्व तथा २६३ औ सेना दिवसको अवसरमा गरुड दल गण दोलखाले आईतवार विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजना गरेको छ ।
हाजिरी जवाफ प्रतियोगीतामा मोर्डन नेपाल बोर्डिङ स्कुल प्रथम, त्रिपुरा ग्लोरियस एकाडमीक बोर्डिङ स्कूल द्धितिय र हिमालय क्राउन स्कूल तृतिय भएका थिए ।
विजयी विद्यालय तथा विद्यार्थीहरुलाई गरुड दल गणका गडपती कर्णेल लोक सागर कटुवालले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा मन्तव्य व्यक्त गर्दै कर्णेल कटुवालले विद्यार्थीहरुलाई नेपाली सेनाको इतिहास, भूमिका र महत्व तथा नेपाल र दोलखा जिल्लाको बारेमा जानकारी होस भन्ने उदेश्यले सेना दिवसको अवसरमा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको बताए ।
प्रतियोगीतामा सदरमुकाम चरिकोटमा रहेका सामुदायीक तथा नीजि गरी नौ वटा विद्यालयका छात्र– छात्राको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्