काठमाडौँ/काठमाडौँमा जारी नेकपा एमालेको ११ औ केन्द्रीय महाधिवेशनमा दोलखाबाट दुई जना पदाधिकारी सहित बिभिन्न पदमा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेका कुशल संगठक आनन्दप्रसाद पोखरेलले उपमहासचिव, युवा विचारक रचना खड्काले सचिव, कुशल व्यवस्थापक पार्वत गुरुङले केन्द्रीय सदस्य, पार्टीका कुशल प्रशिक्षक इश्वरी प्रसाद रिजाल, कुशल बक्ता इश्वर चन्द्र पोखरेल, उर्मिला सुनुवार, निडर पत्रकार गणेश वस्नेत, श्याम वस्नेत र पर्शुराम वस्नेतले केन्द्रीय सदस्य, शान्ति कुमारी पाख्रिन, डिल्लीध्वज बराईली र पूर्णीमा खरेलले केन्द्रीय लेखा आयोग तथा गोविन्द प्रसाद दुलालले केन्द्रीय अनुशासन आयोगमा उम्मेदवारी दिएका छन् ।
पार्टीको काठमाडौँ जिल्ला इन्चार्ज भएर संगठन निर्माण र मास मुभमेन्टमा बिभिन्न गतिविधि संचालन गर्दै आएका पोखरेलले संस्थापन पक्ष (केपी शर्मा ओली प्यानल) बाट सचिवको आकांक्षा गरेको भएपनि टिममा पर्न नसकेपछि स्वतन्त्र ढङ्गले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार इश्वर पोखरेलसंग समेत राम्रो सम्बन्ध भएका आनन्द प्रसाद पोखरेललाई इश्वर टिमले आधिकारी रुपमा उपमहासचिव बनाउन छलफल चलाएको पोखरेल निकटले बताएका छ । संस्थापन पक्षले समेत पोखरेललाई अन्याय गर्न नहुने भन्दै कुनैन कुनै ढङ्गले टिममा समेटन खोजेको बुझिएको छ ।
सुरु देखिनै पार्टीमा नेतृत्वको विकल्प आवश्यक हुने भन्दै प्रष्ट विचार सहित आफ्ना मत राख्दै आएको रचना खड्का इश्वर पोखरेल प्यानलबाट सचिवको सशक्त दावेदार बनेकी छन् ।
युवा मतको प्रतिनिधित्व गर्ने खड्कालाई धेरैले सालिन बक्ताको रुपमा चिन्ने गर्छन ।
पार्टीमा कुशल व्यवस्थापकको रुपमा परिचित पार्वत गुरुङ, कुशल प्रशिक्षक इश्वरी प्रसाद रिजाल र उर्मिला सुनुवार संस्थापन पक्ष (केपी शर्मा ओली पक्ष) को आधिकारीक उम्मेदवार हुन् । त्यसैगरी केन्द्रीय लेखा आयोगमा उम्मेदवारी दिएका शान्ति कुमारी पाख्रीन पनि संस्थापन पक्षको आधिकारीक उम्मेदवार हुन ।
ओली पक्षमा रहेर पनि आधिकारीक उम्मेदवार बन्न नसकेका पत्रकार गणेश वस्नेत, श्याम वस्नेत र पर्शुराम वस्नेतले स्वतन्त्र ढङ्गले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । नेकपा एमाले दोलखाको पूर्व अध्यक्ष एवम् प्रदेश कमिटी सदस्य इश्वरचन्द्र पोखरेलले पनि स्वतन्त्र ढङ्गले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी टिममा नपरे पनि डिल्लीध्वज बराईली र पूर्णीमा खरेलले केन्द्रीय लेखा आयोग र गोविन्द प्रसाद दुलालले केन्द्रीय अनुशासन आयोगमा उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्