बागमतीशिक्षासमाचार

समाजसेवी शोभित उप्रेती सम्मानीत

दोलखा/दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा रहेको चण्डिका आधारभूत विद्यालयले बुधवार अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा समाजसेवी शोभित उप्रेतीलाई सम्मान गरेको छ ।

शैलुङको शैक्षिक, पर्यटन र सामाजिक विकास तथा विद्यालयको भौतिक विकासमा महत्वपूर्ण योगदान गरेबापत समाजसेवी शोभित उप्रेतीलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ढाल बहादुर थापाले बताउनु भयो ।

कार्यक्रममा विद्यालयले सञ्चालन गरेको आधारभूत स्तरीय (कक्षा १– ५) हिसाब दौड र शब्द स्मरण प्रतियोगीताका विजयी विद्यालय र विद्यार्थीहरु लाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा शैलुङ गाउँपालिकाको वडा नम्बर– ८ मा रहेका ७ वटा आधारभूत विद्यालयहरु मध्य ६ वटा विद्यालयको सहभागिता रहेको थियो । दुबै प्रतियोगीतामा भीमेश्वर एकेडमीक र्बोडिङ स्कूल विजयी भएको प्रधानाध्यापक थापाले बताउनु भयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै समाजसेवी शोभित उप्रेतीले शैक्षिक विकासको लागि शिक्षकहरुको रचनात्मक सक्रियता तथा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त कृयाकलापको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनहरि उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर– ८ का वडा अध्यक्ष धन बहादुर तमाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता नबराज खड्का, भङ्गेरी माविको प्रधानाध्यापक किरण उप्रेती, शिक्षक मान बहादुर तमाङ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार