बागमतीसमाचार

युवा र जेष्ठ नागरिक मृत भेटिए !

दोलखा/दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ मा पर्ने ठोङठोङको भीरमा भएमो मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी विगु गाँउपालिका वडा नम्बर– २ वराङ देउलाङका २१ बर्षिय आङफुर्वा तमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।

मृतक तमाङ मंगलवार साँझ ७ बजेतिर विगु वडा नम्बर– १ मा रहेको सिस्नेरी हाईड्रोपावरका कर्मचारी सुजन भण्डारीको बा ४२ प ४९०० नम्बरको मोटरसाईकल लिएर गएको तर रातिसम्म पनि घर नआएपछि तमाङको खोजि सुरु गरिएको थियो ।

मोटरसाईकल धनि सुजन भण्डारी र मृतकको आफन्तले खोजिगर्ने क्रममा बुधवार विहान करिब १० बजेतिर ठोङठोङको भीरबाट झण्डै एक सय मीटर तल तमाङलाई मृत अवस्थामा भेटेका थिए । तमाङको आफन्तले घट्नाबारे प्रहरीलाई खबर गरेपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको समेत सहयोगमा मृतकको शव भीरबाट निकालिएको प्रहरीले जनाएको छ ।

जेष्ठ नागरिक मृत फेला

दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर– ३ खोल्मे खोलामा ८२ बर्षिय जेष्ठ नागरिक रेवती खत्री मृत भेटिएको प्रहरीले जनाएको छ ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर– ८ होसिङगाकी जेष्ठ नागरिक खत्री गत कार्तिक २६ गते माईती घर बैतेश्वरको पात्ले जानेभन्दै घरबाट हिडेको स्थानीयको भनाई छ । कार्तिक २६ गते हिडेको जेष्ठ नागरिक खत्री माईती घर नपुगेपछि आफन्तले खोजि सुरु गरेको र बुधवार दिउँसो खत्रीलाई खोल्मे खोलाको पानीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार