समाचार

बोलेरो गाडी दुर्घटनामा चार जना घाईते

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ९ सुर्केबाट सदरमुकाम चरिकोट आउदै गरेको ग २ च ३४०० नम्बरको बोलेरो गाडी दुर्घटनामा चार जना घाईते भएका छन् । घाईते मध्य एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मंगलवार विहान भीमेश्वर नगरपालिका वडा नम्बर– ९ स्यासी स्थित भित्रि सडक खण्डमा भएको दुर्घटनामा वडा नम्बर– ९ स्यासी निवासी ४० बर्षिय गोमा भुजेल, वडा नम्बर– ९ ओख्रे निवासी ५२ बर्षिय महेन्द्र बहादुर श्रेष्ठ, वडा नम्बर– ९ सुर्के निवासी कृष्ण कुमारी श्रेष्ठ र ४८ बर्षिय गंगा कुमारी श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनु भयो ।

घाईते मध्य ४० बर्षिय गोमा भुजेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको दाँया आँखा माथि, मुख र नाकमा चोट लागेको र चारवटा दात भाँच्चीएको प्रहरीले जनाएको छ । अन्यको अवस्था भने सामान्य रहेको प्रहरीको भनाई छ । घाईते सबैको सदरमुकाम चरिकोट स्थित च्छो– रोल्पा जनरल अस्पतालमा उपचार भै रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार