दोलखा/दोलखाका जेन– जी (जेनेरेशन जेड) अभियन्ताहरुले जेन– जी आन्दोलनको क्रममा मृत्यु भएकाहरुको सम्झनामा सरकारले घोषणा गरेको शोक दिवसको दिन असाेज १ गते सदरमुकाम चरिकोट स्थित चरिघ्याङ गुम्बामा दिप प्रज्वलन गरेका छन् ।
मृतकहरुको आत्माको चीर शान्तिको कामना सहित भीमेश्वर नगरपालिका वडा नम्बर– ३ मा रहेको चरिघ्याङ गुम्बामा असाेज १ गते साँझ दिप प्रज्वलन गरिएको जेन– जी अभियन्ताहरुले बताए ।
सोहि दिन उनीहरुले भीमेश्वर नगरपालिका वडा नम्बर– ३ चरिघ्याङ स्थित फुटसल जाने बाटोदेखी चरिघ्याङ गुम्बासम्म सरसफाई समेत गरेका छन् । सरसफाई अभियानलाई हरेक हप्ता निरन्तरता दिने जेन– जी अभियन्ताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्