काठमाण्डौ/ पूर्व मन्त्री एवम् राप्रपाका नेता माननीय पशुपति शम्सेर जवरालाई शुक्रवार नागरिक जनसम्मान गरिएको छ । माननीय पशुपति शम्सेर जवराको ८४ औ जन्मोत्सवको अवसरमा उहाँलाई नागरिक जनसम्मान गरिएको समाजसेवी शोभित उप्रेतीले बताउनु भयो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विकास प्रेमी नेता राणालाई राप्रपाको तर्फबाट अध्यक्ष लिङ्देनले सम्मानपत्र प्रदान गर्नुभएको थियो भने नागरिक जनसम्मान मूल समारोह समितिको तर्फबाट समाजसेवी शोभित उप्रेतीले सम्मानपत्र प्रदान गर्नु भएको मूल समारोह समितिका संयोजक नविन शाहीले बताउनु भयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै राप्रपा नेता माननीय पशुपति शम्सेर राणाले आफ्नो प्राणमै राजनीति रहेको बताउनु भयो । नेता राणाले बिभिन्न कालखण्डमा आफुले बिभिन्न मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको र त्यसबेला आफुले जनताको सेवा गरेको स्मरण समेत गर्नु भयो ।
कार्यक्रममा माननीय पशुपति शम्सेर राणाको जीवनीको बारेमा पूर्व सचिव द्वारीका ढुङ्गेलले जानकारी गराउनु भएको थियो भने वटुक द्वारा आर्शिवाद प्रदान गरिएको थियो । त्यसैगरी काठमाण्डौमा रहेका शक्तिपिठहरूमा पुजाअर्चना तथा विभिन्न ६० वटा संघ– संस्थाको तर्फबाट सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
नागरिक जनसम्मान मूल समारोह समितिका संयोजक नविन शाहिको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्