दोलखा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले शैलुङ गाँउपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुको लागि आयुर्वेद सम्बन्धि एक दिने सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रहरुले प्रदान गर्ने सेवा, स्वास्थ्य जीवन शैली, खानपान, आहर– विहार लगायतको विषयमा महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका प्रमुख डा. मनोजकुमार यादवले बताउनु भयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको सञ्चालक समिति अध्यक्ष राजन वस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा शैलुङ गाँउपालिकाका प्रमुख रिमालबाबु श्रेष्ठ, उपप्रमुख पार्वती कार्की, प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपाने, स्वास्थ्य शाखा प्रमुख बिष्णु बहादुर कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका प्रमुख डा. मनोज कुमार चौधरी र बरिष्ठ कविराज निरिक्षक विमल कुमार श्रेष्ठले आयुर्वेद सम्बन्धि बिभिन्न विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा शैलुङ गाँउपालिका भित्रका ५५ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्