बागमतीसमाचार

उप्रेती समाजसेवा समिति दोलखाको गठन

दोलखा/युवा व्यवसायी एवम् समाजसेवी राजेश उप्रेतीको अध्यक्षतामा उप्रेती समाजसेवा समिति दोलखाको गठन भएको छ । शनिवार पवित्र तीर्थ स्थल चर्नावती धाममा सम्पन्न उप्रेती बन्धुहरुको भेलाले दोलखामा पहिलो पटक उप्रेती समाजसेवा समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रोचना उप्रेती, सचिव छत्रराज उप्रेती, कोषाध्यक्ष सुरेश उप्रेती र सदस्यहरुमा कल्पना उप्रेती, सुनिता उप्रेती, केदार प्रसाद उप्रेती, सोभित उप्रेती, दिपक उप्रेती, राजन उप्रेती, उपेन्द्रराज उप्रेती, महेन्द्र उप्रेती तथा दिनेश उप्रेती रहेका छन् ।
समाजसेवी शारदा उप्रेती घिमिरेको सभापतित्वमा सम्पन्न भेलामा उप्रेती समाजसेवा समितिका केन्द्रीय प्रतिनिधि नन्दु उप्रेती, पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक रमेश उप्रेती, पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, राजु उप्रेती र राजेश उप्रेतीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
शनिवारको भेलाले निर्वाचित हुनुभएको उप्रेती समाजसेवा समिति दोलखाको अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुलाई समितिका केन्द्रीय अध्यक्ष समाजसेवी शोभित उप्रेतीले बधाई दिनुभएको छ ।

सम्बन्धित समाचार