दोलखा/कैले कहि अनौठो संयोग जुर्छ । शुक्रवार साँझ दोलखा सदरमुकाम चरिकोटमा त्यस्तै एउटा संयोग जुरेको छ । संयोगनै भन्नु पर्छ फागुन २ गते शुक्रवार परेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जन्मदिनमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केक खुवाउन पाउनु भएको छ ।
शनिवार जिरी भ्रमण बर्ष– २०२५ को शुभारम्भ कार्यक्रमको लागि शुक्रवार साँझ दोलखा सदरमुकाम चरिकोट आउनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको जन्मदिन भन्ने थाहा पाएपछि नेकपा एमाले दोलखाले केक काट्ने व्यवस्था गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई सरप्राईज दिदै केक काट्ने व्यवस्था गरिएको उक्त कार्यक्रममा एमाले पोलिटब्युुरो सदस्य एवम् पूर्व सञ्चार तथा सूूचना प्रविधि मन्त्री पार्वत गुुरुङले मन्त्री पृथ्वी सुब्बा गुरुङलाई केक खुवाएर एमाले दोलखाको तर्फबाट जन्मदिनको शुुभकामना दिनु भएको थियो । सो अवसरमा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, प्रदेश सांसद भरत बहादुर केसी, मेलुङ गाँउपालिका अध्यक्ष हिरा कुमार थोकर, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, एमाले दोलखाका नेता– कार्यकर्ता, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्नुहुदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुुब्बा गुुरुङले सरकार परिर्वतनको कुरा हल्लामात्र भएको उल्लेख गर्नुहुदै कांग्रेस सभापति शेरबहादुुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मिल्दासम्म सरकार केही नहुने बताउनुु भयो । मन्त्री गुरुङले भन्नु भयो ढुुक्क हुनुस यो सरकार २०८४ सम्मै जान्छ ।
मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न कतिपय कानुन तत्काल संशोधन गर्नुपर्ने आवश्यकता रहेकोले सरकारले अध्यादेश ल्याएको जिकिर गर्नुभयो । अध्यादेश ल्याउनुु सरकारको संवैधानिक अधिकार हो मन्त्री गुरुङले भन्नु भयो– त्यहि अधिकार प्रयोग गरेर मुलुकमा सुशासन कायम गर्न तत्काल केही नीति– नियम परिर्वतन गर्नु पर्ने भएकोले अध्यादेश ल्याईएको हो । उहाँले मुलुकमा सुशासन र विकास नचाहनेहरुले मात्र अध्यादेशको विरोध गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्