बागमतीमुख्य समाचारराजनिति

एमाले उम्मेदवारको प्रतिवद्धता– पालिकामै बसेर सेवा गर्छु

काठमाडौँ/दोलखाको गौरिशंकर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार उमा शेर्पाले काठमाण्डौमा वसोवास गर्ने गौरीशङ्करका मतदाताहरु संग आफु पालिकाको विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
एमाले गौरीशङ्कर– काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा रहेका गौरीशङ्करवासी गाँउपालिकाका अगुवा कार्यकर्ता भेलामालाई सम्वोधन गर्नुहुँदै शेर्पाले आफु निरन्तर पालिकामै वसेर सेवामा लागि रहने संकल्प गर्नुभयो । उहाँले पालिकामा वढदो बेथिती देखेर गौरीशङ्करवासी स्थानीय तहका जनप्रतिनीधि संग दिक्क भइसकेको उल्लेख गर्नुहुदै आफु त्यसको सुधारका लागि ठोस योजना सहित अघि बढ्ने बताउनुभयो ।
अहिले जनप्रतिनिधीहरु कार्यलयमा नवस्ने भएकोले स्थानीय नागरिकले दुख पाएको नागरिकहरुको गुनासो रहेको र आफु उपाध्यक्षमा निर्वाचित भए शुख– दुख स्थानीय नागरिकसंगै विताउने शेर्पाले बताउनु भयो । नेकपा एमालेको नेतृत्व विना संवृद्ध गौरीशंकर निर्माण गर्ने सपना पुरा नहुने भएकोले निर्धक भएर आफुलाई मतदान गर्न उहाँले आग्रह गर्नु भयो । आफु विकृती र विसंगतीको विरुद्ध लड्दै आएकोले पालिकाको हरेक गतिविधीहरु पारर्दशीता गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नेकपा एमाले वागमती प्रदेशका इन्चार्ज राजन भटराई, पोलिटव्युरो सदस्य तथा दोलखा इन्चार्ज पार्वत गुरुङ, पोलिटव्युरो सदस्य आनन्द पोखरेल, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायत नेताहरुले सम्वोधन गर्नुभएको थियो ।

सम्बन्धित समाचार