काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुुलेन्सर नेपालले आधुनिक जनवादी गणतन्त्र चीनसंग नेपालको द्विपक्षीय सम्बन्ध विषयमा संगोष्ठी आयोजना गरेको छ ।
कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख भुुवन पाठकले नेपाल र जनवादी गणतन्त्र चीन बीच इतिहासमा सधैव सुुसम्बन्ध रहदै आएको स्मरण गर्नु भयो । प्रदेश सभामुुख पाठकले दुुई देशको सद्भाव र विश्वसनीयतालाई विकासको लागि उपयोग गर्नुपर्ने बताउनुु भयो ।
प्रदेश सभामुुख पाठकले नेपाल– चीन सम्बन्धको प्राथामिकता सत्तामा रहदा एउटा र सत्ताबाट हट्दा अर्को ढङ्गले बुुझ्न नहुने बताउनुु भयो ।
नेपाल– चीन मामलाका जानकार डा. बिक्रम तिमिल्सीनाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जाँदा सद्भाव र विश्वास बोकेर बेईजिङ पुुग्नुपर्ने र बेईजिङबाट पनि सद्भाव र विश्वास लिएर काठमाडौँ फर्कनुपर्ने सुुझाब दिनुु भयो ।
त्रिभुवन विश्व विद्यालयका सह– प्राध्यामक विपिन देवले चिनिया पोलिसी र परियोजनाहरु बाट नेपालले प्रशस्तै फाईदा लिने अवसरको उपयोग गर्नु पर्ने बताउनुु भयो ।
फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुुलेन्सर नेपालका अध्यक्ष शोभित उप्रेतीको सभामपतित्वमा सम्पन्न संगोष्ठीको खुला सत्रमा विज्ञहरु डा. बिष्णुुराज उप्रेती, दिपक पाण्डे, मिथुन पौडेल, महेश दहाल, सुरेन्द्र उप्रेती लगायतले नेपाल– चीन द्विपक्षीय सम्बन्धका विषयमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल र चीन (दक्षिण र उत्तर मोहडा) बाट दुुई पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिला कल्पना मर्हजन (पत्रकार) लाई सम्मान गरिएको थियो ।
नेपाल– चीन दुुई देश बीचको सुु–सम्बन्ध र नागरिक स्तरमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध जिवन्त राख्न फ्रेण्डस अन द क्लाउडः प्लेटफर्म अफ इन्फुुलेन्सर नेपालले बेला– बेलामा विविध विषयमा कार्यक्रम गर्दै आएको अध्यक्ष शोभित उप्रेतीले बताउनुु भयो ।
प्रतिक्रिया दिनुहोस्