समाचार

६९ औ प्रहरी दिवसमा बिभिन्न व्यक्ति सम्मानित

दोलखा/६९ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले शान्ति सुरक्षा लगायतका काममा प्रहरीलाई सहयोग गर्ने बिभिन्न सामाजिक व्यक्ति, पूर्व प्रहरी, सहिद प्रहरी परिवार तथा उत्कृष्ट प्रहरीहरुलाई सम्मान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टुुवराज पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी लगायतका अतिथिहरुले सम्मानित सामाजिक व्यक्ति, पूर्व प्रहरी, सहिद प्रहरी परिवार तथा उत्कृष्ट प्रहरीहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, मेलुुङ गाँउपालिका अध्यक्ष हिराकुुमार थोकर, प्रहरी नायव उपरीक्षक युवराज खड्का, प्रहरी निरीक्षक महेन्द्र दर्नाल, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, पूर्व प्रहरी स.गठन दोलखाका अध्यक्ष रामशरण केसी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार