अन्तरास्ट्रियमुख्य समाचारसमाचार

नेपालको पर्यटन विकासमा चीनको साथ

काठमाडौँ/नेपालको लागि चीनको कार्यवाहक राजदूत वाङ्ग सीनले नेपालको पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रर्वधनमा चीनको महत्वपूर्ण सहयोग रहने बताउनुु भएको छ ।
चिनिया राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गर्नुभएको पाँच बर्ष पुरा भएको अवसरमा फ्रेण्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले भ्रमणको उपलब्धि र कार्यान्वयन विषयमा आयोजना गरेको अन्र्तक्रियामा कार्यवाहक राजदूत वाङ्ग सीनले नेपाल र चीन बीच रहदै आएको परम्परागत सम्बन्धको चर्चा गर्नुहुदै चीन सरकारले पहिलो चरणमा रसुवाको केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका खुलाएको बताउनुु भयो । कार्यवाहक राजदूत वाङ्ग सीनले दोस्रो चरणमा चीनसंग सिमाना जोडिएको बिभिन्न जिल्लाको १४ वटा नाका खुला गरेको समेत बताउनुभयो ।
कार्यवाहक राजदूत वाङ्ग सीनले नेपालको उच्च स्तरीय नेताहरुले बिभिन्न समयमा चीनको भ्रमण गर्दै आउनुु भएको उल्लेख गर्नुहुदै त्यस्तै भ्रमणको क्रममा सहमति भएको काठमाडौँ रिङरोेडको काम चाँडै सुुरु गरिने र दोस्रो चरणमा अरनिको राजर्माग विस्तारको काम समेत सुरु हुने बताउनुु भयो ।


फ्रेण्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष शोभित उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. बिक्रम तिमिल्सिनाले नेपाल– चीन सम्बन्धः विकास, अवसर र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने त्यसमा पत्रकार ठाकुुर बेलबासेले टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिमल्सिना, प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल लगायतले चिनिया राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेपछि भएका उपलब्धि र त्यसको प्रभावकारीताको विषयमा आफ्ना धारणा राख्नुु भएको थियो ।

सम्बन्धित समाचार