अर्थ र ब्यापारकृषि र सहकारीबागमतीसमाचार

सूूर्योदय सहकारी र चरिकोट बहुउद्देश्यीय सहकारीको एकिकृत साधारणसभा

दोलखा/भर्खरै एकीकरण भएका चरिकोटका दुुई सहकारी सूूर्योदय सहकारी संस्था लि. भिनपा ३ र चरिकोट बहुउद्देश्यीय सहकारी संस्था लि. भिनपा ६ बिच संयुक्त साधारणसभा शनिवार सम्पन्न भएको छ ।

nagarjun

एकीकरण पछि सहकारीको नाम सूूर्योदय चरिकोट बहुउद्देश्यीय सहकारी संस्था राखिएको छ भने कूल पुँजी १५ करोड १० लाख र सदस्य संख्या २ हजार ८४ जना पुुगेको अध्यक्ष कवीन्द्र दास श्रेष्ठले बताउनुु भयो । सूूर्योदय सहकारी संस्थाका अध्यक्ष कवीन्द्र दास श्रेष्ठ र चरिकाेट बहुउद्देश्यीय सहकारी सस्थाकाअध्यक्ष विकाश चाैलागाईकाे संयुक्त अध्यक्षतामा भएको एकिकृत साधारणसभाको उद्घघाटन जिल्ला सहकारी संघ दाेलखाका अध्यक्ष देवीप्रसाद शर्मा फुुँयालले गर्नु भएको थियो ।

कार्यक्रममा चरिकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विकास चौलागाईले संयुक्त नीति, कार्यविधि तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने जिल्ला सहकारी संघका अध्यक्ष देवीप्रसाद शर्मा फुुँयाल, जिल्ला बहुुउदेश्य सहकारी संघ दोलखाका अध्यक्ष श्यामकाजी कटुुवाल लगायत जिल्लामा रहेका बिभिन्न बैङ्क तथा वित्तिय संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार