दोलखा/पहिरोले अवरुद्ध भएको दोलखा– सिंगटी सडक दुुईसाता देखी सुुचारु हुुन नसक्दा दोलखाको उत्तरी क्षेत्रमा रहेका तीन गाँउपालिकाका वासिन्दा प्रभावित भएका छन् ।
दोलखा– सिंगटी सडकको झर्मासी (गुमुुखोला) खण्डमा साउन ३ गतेको पहिरोले आधि भन्दा बढी सडक बगाएपछि साउन १२ गतेदेखी उत्तरी क्षेत्रका यातायात अवरुद्ध भएको स्थानीयले बताएका छन् । कालिञ्चोक गाँउपालिकाको वडा नम्बर–४ र ७ जोड्ने झर्मासी (गुमुुखोला) खोला पुलसंगैबाट झण्डै दुुईसय मीटर सडक आधाभन्दा बढी बगाएपछि उत्तरी क्षेत्रका तीन पालिकाका वासिन्दालाई आवत जाओतमा समस्या भएको कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कुुलबहादुर बुुढाथोकीले बताए ।
सडक मर्मतको कामको स्थलगत अनुुगमन गर्न कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कुलबहादुुर बुुढाथोकी, वडा नम्बर ४ का वडा अध्यक्ष दिपक खुलाल लगायत जनप्रतिनिधि झर्मासी पुुग्नु भएको थियो ।
सडक मर्मतको लागि डिभिजन सडक कार्यालय चरिकोटले केही दिन अघि ठेक्का मार्फत काम सुरु गरेपनि दु्रतगतिमा काम अघि नबढेकोले अझै केही साता यातायात सुुचारु नहुने अवस्था रहेकोले स्थानीय चिन्तित छन् । यातायात अवरुद्ध हुुदा तीन गाँउपालिकाको २२ वडाका झण्डै ५० हजार स्थानीय प्रभावित भएको र उत्तरी क्षेत्रका मुुख्य ब्यापारीक केन्द्र सिंगटी बजारको ढुुवानी पूर्ण रुपमा ठप्प भएको दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष महेश श्रेष्ठले बताउनु भयो ।
आतायात ठप्प भएपछि झर्मासी खोलाबाट खाद्यान्न लगायतका सामान बोकेर वारीपारी गर्नुपर्ने अवस्था रहेको र यसले मूल्य अस्वभाविक रुपमा बढेर उपभोक्ताहरु मारमा परेको श्रेष्ठको भनाई छ ।
डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर भरत श्रेष्ठ सडक मर्मतको लागि कार्यालयले ठेक्का मार्फत काम सुरु गरेकोले एक÷ढेड हप्तामा अस्थायी रुपमा यातायात सञ्चालन गर्न सकिने बताउछन् । उक्त क्षेत्रमा निक्कै जोखिम रहेकोले पूर्ण रुपमा सडक मर्मत गर्न भने लामै समय लाग्ने र त्यसको लागि थप अध्यन गरी काम अघि बढाईने इन्जिनियर श्रेष्ठको भनाई छ ।
कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कुुलबहादुर बुुढाथोकी भने उक्त क्षेत्रमा निक्कै जोखिम रहेकोले अहिले अस्थायी रुपमा यातायात सुुचारु गरेर स्थायी समाधानको लागि अर्को विकल्पको अध्यन हुनुुपर्ने बताउछन् ।
सिंगटी बजार पनि जोखिममा
कालिञ्चोक गाँउपालिका वडा नम्बर ३ स्थित सिंगटी बजारको सडक खण्डमा माथिबाट पहिरो खसेकोले बजार समेत जोखिममा रहेको स्थानीय बताउछन् । अविरल बर्षा कायम रहेर थप पहिरो खस्यो भने सिंगटी बजारसंगै चीन सरकारको सहयोगमा बनेको कालिनाग मावि सिंगटीको भवन, सिंगटी अस्पताल र विद्युतको हाईटेन्सन लाईनको तीन वटा टावर समेत उच्च जोखिममा पर्ने कालिञ्चोक गाँउपालिकाको उपप्रमुख कुलबहादुर बुुढाथोकी बताउछन् ।
जोखिमबारे डिभिजन सडक कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराईएको तर चासो नदेखाएको उपप्रमुख बुढाथोकीको भनाई छ । पालिकाले पहिरो नियन्त्रणको काम गर्न सम्भव छैन, उपप्रमुख बुढाथोकीले भने– यसको लागि डिभिजन सडक कार्यालय, माथिल्लो तामाकोशी आयोजना लगायतले चासो दिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्