मुख्य समाचारसमाचारसुचना

आर्थिक सहयोगको लागि क्यान्सर पीडित पत्रकारकाे अपिल

काठमाडौं / पत्रकार रेनुका सुवेदी श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सहयोगको लागि अपिल गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफू डेढ वर्षदेखि विरामी रहेको बताईन् । उनले आफूलाई पाठेघरको क्यान्सर भएको बताईन् । उनले छिटोभन्दा छिटो उपचार गर्न नसकेको खण्डमा ज्यान जोखिममा रहेको भनी डाक्टरहरुले भनेको सुनाईन् ।
आफू विगत ७ वर्षदेखि पत्रकारिता क्षेत्रमा रहेको र जहिल्यैपनि दुःखी तथा पीडितको कुरालाई अगाडि ल्याउन अग्रसर भएर काम गरेको स्मरण गराउँदै उनले आहिले आफूलाई परेको दुःखमा सबैले सकेको सहयोग गरिदिन आग्रह गरिन् ।
उनले रेनुका सुवेदी श्रेष्ठको कृषि विकास बैंक (पाँचखाल शाखा) खाता नम्बर ०२१२७०१५१४०१७०१६ मा आफूले सहेको सहयोग पठाएर उपचारमा सहयोग गरिदिन आग्रह गरे ।
त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले पत्रकार रेनुका सुवेदी श्रेष्ठको उपचारमा सहयोगी हातहरु अगाडि बढाउन अपिल गरे । उनले नागरिक समाजका अगुवा र विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई उपचारमा सहयोग गरिदिन आग्रह गरे ।
‘एक जना सञ्चारकर्मीको उपचारका लागि म सबै पक्षलाई आग्रह गर्न चाहन्छु । सरकार, सञ्चारमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री सबैलाई आग्रह गर्न चाहन्छु– उहाँको उपचारमा राष्ट्रिय माहोल सिर्जना गरेर उहाँलाई स्वास्थ्यलाभको स्थितिमा पुर्याउन सहयोग गरौं । म पनि उहाँलाई आफ्नोतर्फबाट सकेको सहयोग गर्छु,’– उनले भने । उनले आजैबाट रेनुका सुवेदी श्रेष्ठ बचाउ अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

सम्बन्धित समाचार