समाचारस्वास्थ्य

उप्रेती समाज सेवा समितिको स्थापना दिवसमा रक्तदान

काठमाडौँ/उप्रेती समाज सेवा समितिको स्थापना दिवसको अवसरमा शनिवार काठमाडौँको बत्तिस पुतलिमा रक्तदान तथा जेष्ठ नागरिक सम्ममान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल रेडक्रश शोसाईटीको समन्वयमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गर्नु भएको कार्यक्रमका सभापति एवं उप्रेती समाज सेवा समितिका केन्द्रीय अध्यक्ष शोभित उप्रेतीले बताउनु भयो ।
उप्रेती समाज सेवा समितिको स्थापना दिवस कार्यक्रममा समाजमा आवद्ध जेष्ठ नागरिकहरुलाई केन्द्रीय अध्यक्ष शोभित उप्रेतीले सम्मान तथा पुरस्कार वितरण गर्नु भएको थियो । त्यसैगरी रक्तदानमा सहभागि ५२ जनालाई समाजको तर्फबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार