कला / साहित्यमुख्य समाचारयो पनि

शैलुङमा ‘कविता यात्रा– २०८०’ को तयारी

दोलखा/दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आगामी पुष ६ गते ‘कविता यात्रा– २०८०’ आयोजना हुने भएको छ । साहित्यिक पत्रकार संघले विगत ४० बर्षदेखी आयोजना गर्दै आएको कविता यात्रा यो बर्ष दोलाखको शैलुङ गाँउपालिका वडा नम्बर– ८ मा रहेको पर्यटकीय केन्द्र शैलुङमा गर्न लागिएको संघका अध्यक्ष बरिष्ठ साहित्यकार राधेश्याम लेकालीले बताउनु भयो ।
२०३९ सालमा स्थापना भएको साहित्यिक पत्रकार संघले २०४० सालबाट कविता यात्रा कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष लेकालीले बताउनु भयो । दोलखाकै पर्यटकीय केन्द्र जिरीमा २०४२ सालमा कविता यात्रा आयोजना गरिसकिएको अध्यक्ष लेकालीले बताउनु भयो । दोलखामा हामी कविता यात्रालाई दोस्रो पटक ल्याउदैछौ संघका अध्यक्ष लेकालीले भन्नु भयो ।
साहित्यकारले देशको परिस्थिति, नागरिकको अवस्थिति, प्राकृतिक सुन्दरता, जनजिवन जस्ता सबै विषयको प्रत्येक्ष अनुभव गर्न सकेको अवस्थामा अझ उत्कृष्ट रचना आउनसक्ने विश्वास सहित साहित्यिक पत्रकार संघले साहित्यकारहरुलाई देशको बिभिन्न ठाँउमा पु¥याउन कविता यात्राको सुरुवाता गरेको लेकालीले बताउनु भयो । ‘कविता यात्रा– २०७९’ इलाममा आयोजना गरिएको संघले जनाएको छ ।
‘कविता यात्रा– २०८०’ को लागि श्रीओम रोदन, रामप्रसाद पन्त लगायत झण्डै २० जना साहित्यकारहरु पुष ४ गते शैलुङ पुग्ने, पुष ५ गते शैलुङका सय थुम्का र महादेव, धर्मढोका लगायतका धार्मिक एवं पर्यटकीय स्थलहरुको भ्रमण गर्ने र पुष ६ गते शैलुङमा कविता बाचन कार्यक्रम आयोजना गरिने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बताउनु भयो ।
कार्यक्रम आयोजनाको लागि शैलुङ गाँउपालिका वडा नम्बर– ८ र एसएस फाउण्डेशनका संरक्षक समाजसेवी शोभित उप्रेतीले आर्थिक लगायतका सहयोग उपलब्ध गराउने अध्यक्ष लेकालीले बताउनु भयो । ‘कविता यात्रा– २०८०’ मा सहभागि साहित्यकारहरुले शैलुङको भ्रमणपछि संस्मरण लेख्ने र त्यसलाई समेटेर किताब समेत प्रकाशन गर्ने योजना रहेको अध्यक्ष लेकालीले बताउनु भयो ।

सम्बन्धित समाचार