सम्राट चाैलागाई
भिडमा मलाइ गाह्रो भयो एक्लै
बाच्न देउ है।
न यो न त्यो सबैलाइ साथ
मिलाएर लेउ है।
गाउँ छिमेक सबै लाई आफ्नै
सम्झी सलाम।
एउटै रुप एउटै शरीर छोटो
होस है लगाम।
थाकेको शरीर लोलाएका
आँखा मन बिरामी।
उल्झन छ समाजमा बाच्नै गाह्रो
भै गरिबी।
चौपट्टै छट्पटी छ नयाँ पुरानो
यो जीवन।
नौलो छैन पीडा भोग्न सधै
तयार छ यो मन।
प्रतिक्रिया दिनुहोस्