जिरी, दोलखा/नेकपा एमाले दोलखाले पर्यटकीय नगरी जिरीमा आयोजना गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका ५५ जना अगुवा कार्यकर्ताको सहभागिता रहेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले महासचिव शङ्कर पोखरेलले गर्नु भएको थियो । समापनको अवसरमा प्रशिक्षणमा सहभागि प्रशिक्षार्थीहरुलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, स्थायी कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, डा. राजन भट्टराई, पोलिटब्युरो सदस्यहरु आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, सुजता शाक्य, इश्वरी रिजाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कडेल, बागमति प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्यहरु रचना खड्का, सरस्वती वस्नेत, कपिल घिमिरे, केन्द्रीय समन्वय कमिटी संयोजक श्याम वस्नेत र बागमति प्रदेश कमिटी सचिव नवराज सिलवालले दर्शन शास्त्र, जवज, संगठन निर्माण, सामाजिक रुपान्तरण लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागि पार्टीका अगुवा कार्यकर्ताहरुले तीन महिनाको अवधिमा जिल्लाका सात हजार एक सय ६० जना पार्टीका संगठीत कार्यकर्तालाई १५ घण्टे प्रशिक्षण दिने एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्