अन्तरास्ट्रियखेलकुदमुख्य समाचारसमाचार

चरिकाेटमा अन्तर्राष्ट्रिय बुद्धिचाल

दाेलखा/ सदरमुकाम चरिकाेटमा शनिवारबाट अन्तरास्ट्रिय बुद्धिचाल प्रतियाेगिता सञ्चालन हुने भएकाे छ । यस अघि चारपटक अन्तरास्ट्रिय स्तरकाे बुद्धिचाल प्रतियाेगिता भै सकेकाे दाेलखामा याे पाँचाै श्रृङ्खला आदर्श नेता स्व. भीमबहादुर तमाङ्काे स्मृतिमा चेस हाेम दाेलखाले आयाेजना गर्न लागेकाे अध्यक्ष गाेविन्द श्रेष्ठले जानकारी दिनुभयाे ।
प्रतियाेगितामा नेपाल च्याम्पियन भै सकेकाे १० जना खेलाडि सहित विभिन्न सात देशका दुई सय खेलाडिकाे सहभागिता रहने अध्यक्ष श्रेष्ठकाे भनाई छ । प्रतियाेगितामा प्रथमले एक लाख, द्वितियले ६० हजार र तृतियले ४० हजार नगद पुरस्कार पाउने छन् । सबै विधामा गरि ४७ खेलाडि पुरस्कृत हुने र पुरस्कारमा मात्र झण्डै पाँचलाख खर्च हुने आयाेजकले जनाएकाे छ ।
खेल सञ्चालन हुने पूर्व सन्ध्यामा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले अन्तरास्ट्रिय बुद्धिचाल प्रतियाेगिताकाे ट्रफी सार्वजनिक गर्नु भएकाे छ । ट्रफी सार्वजनिक कार्यक्रम आयाेजक चेस हाेम दाेलखाकाे अध्यक्ष गाेविन्द श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

सम्बन्धित समाचार