कला / साहित्यमनोरन्जनमुख्य समाचारयो पनिसमाचार

युथ अफ चरिकोटः अनुप्रासलाई भोट गरौं

दोलखा/-याप स्टार ब्याटलमा दोलखाको प्रतिनिधित्व गरी टप ११ मा पर्न सफल अनुप उप्रेती (अनुप्रास) लाई युथ अफ चरिकोट ग्रुपले सदरमुकाम चरिकोटमा स्वागत तथा सम्मान गरेको छ ।
-याप स्टार ब्याटलको टप ८ मा पार्न अनुप्रासलाई भोटिङको लागि दोलखालीलाई आग्रह गर्न अनुप्रासको लाईभ -याप समेत प्रस्तुत गरिएको युथ अफ चरिकोटका अभियन्ता सम्राट मानन्धरले बताए । अनुप उप्रेती (अनुप्रास) ले -याप स्टार ब्याटलमा दाेलखाकाे अभयपुर र भक्तपुरलाई सस्कृति मार्फत जाेड्न खाेजेकाे युथ अफ चरिकोट ग्रुपले जनाएकाे छ ।
लाईभ -याप कार्यक्रममा अनसप उप्रेती अनुप्रास लगायत उनको जात्रा ग्रुपका अन्य सदस्यहरुले लाईभ -याप प्रस्तुत गरेका थिए । कार्यक्रममा चरिकोटका युवाहरुले समेत लाईभ -याप प्रस्तुत गरेको युथ अफ चरिकोटका अभियन्ता सम्राट मानन्धरले बताए ।
-याप स्टार ब्याटलमा अनुप उप्रेती (अनुप्रास) लाई टप ८ को लागि भोटिङ गर्न ओएसआर कनेक्ट एप्स प्रयोग गर्न सकिने युथ अफ चरिकोटले जनाएको छ । इ–सेवा मार्फत समेत भोटिङ गर्न सकिने युथ अफ चरिकोटका अर्का अभियन्ता सौगात थापाले बताए ।

सम्बन्धित समाचार