अर्थ र ब्यापारकृषि र सहकारीसमाचार

सहकारी दिवसमा रक्तदान कार्यक्रम

दोलखा/६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दोलखाको जनसचेतन साकोसले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैतेश्वर गाँउपालिकाको मैनापोखरी बजारमा सञ्चालिन रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाईले बताउनु भयो ।
नेपाल रेडक्रश शोसाईटी दोलखाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ५० जना पुरुष र १६ जना महिला गरी ६६ जनाबाट ६६ पिन्ट रगत सङ्कलन भएको र सङ्कलित उक्त रगत रेडक्रश दोलखालाई हस्तान्तरण गरिएको जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले बताउनु भयो ।
सहकारी दिवसको अवसरमा जनसचेतन साकोसले अनाथ बालबालिकालाई पालन पोषण गर्ने जिल्लाका संस्थाहरुलाई २० हजार बराबरको खाद्यान्न सामग्री उपलब्ध गराउने र मैनापोखरी बजारमा गाँउपालिकाका सदस्य तथा सहकारी अभियन्ताहरुको सहभागितामा सहकारीको वर्तमान अवस्था तथा स्थानीय तहले सहकारीको विकास र प्रवद्धनमा खेल्नुपर्ने भुमिका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत दहालले बताउनु भयो ।

सम्बन्धित समाचार