बागमतीमुख्य समाचारराजनितिसमाचार

दोलखामा मिसन ग्रासरुटको मध्यावधि समिक्षा

दोलखा/नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिलेको चरम आर्थिक मन्दिले सबै क्षेत्र प्रभावित बनेको उल्लेख गर्नुहुदै नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियानमा आर्थिक अभिबृद्धिको विषयमा छलफल हुने बताउनु भयो ।
नेकपा एमाले दोलखाले शुक्रवार आयोजना गरेको मिसन ग्रासरुट मध्यावधि समिक्षा कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष पाण्डेले क्रान्ति, राष्ट्रियता जे भनेपनि आर्थिक अभिबृद्धिसंग जोडिने उल्लेख गर्नुहुदै आर्थिक रुपमा सबैलाई सम्पन्न नगरेसम्म समाजवाद सम्भव नहुने बताउनु भयो ।
केन्द्रीय उपाध्यक्ष पाण्डेले नेकपा एमालेले प्रविधिको अधिकतम उपयोग गरी आर्थिक समृद्धि गर्ने कुरालाई प्राथामिकता दिने पनि बताउनु भयो । पाण्डेले मिसन ग्रासरुटको समापनसंगै पार्टीको केन्द्र देखी स्थानीय तहसम्म देखिएका समस्या हलहुने विश्वास व्यक्त गर्नु भयो ।
नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न मिसन ग्रासरुट मध्यावधि समिक्षा कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य कमल चौलागाई, केन्द्रीय सदस्य सुवास देवकोटा, गोविन्द दुलाल, जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर र उपसचिव धमेन्द्र मोक्तानले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेको गौरीशङ्कर गाँउपालिका कमिटी अध्यक्ष जंग गुरुङ, जिरी नगरपालिका कमिटीका केशव कार्की, बैतेश्वर गाँउपालिका कमिटी अध्यष माधव घिमिरे, तामाकोशी गाँउपालिका कमिटीका कार्यवाहक अध्यक्ष उर्मिला खड्का, शैलुङ गाँउपालिका कमिटी अध्यक्ष थीरबहादुर मोक्तान, भीमेश्वर नगरपालिका कमिटीका अध्यक्ष ज्ञानेन्द्र प्रधान, कालिञ्चोक गाँउपालिका कमिटीका कार्यवाहक अध्यक्ष निशान बुढाथोकी र विगु गाँउपालिका कमिटीका गोमा केसीले मिसन ग्रासरुट अभियानको क्रममा भएका कार्यक्रमको विषयमा जानकारी गराउनु भएको थियो ।

सम्बन्धित समाचार