दोलखा/दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर ५ काब्रेमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. ले बुधवार एक विज्ञप्ति प्रकाशीत गर्दै संस्थाको सवारी चालकलाई हटाएको विषयमा बिभिन्न अनलाईन तथा सामाजिक सञ्जालमा आएका विवरण झुठा रहेको भन्दै आपत्ति जनाएको छ ।
संस्थाका सचिव कमल बहादुर दहालले जारी गर्नु भएको विज्ञप्तिमा चालकलाई हटाएको विषयमा बिभिन्न अनलाईनमा प्रकाशीत समाचार संस्थासंग सम्पर्क नै नगरी एकतर्फी रुपमा कपोलकल्पित ढङ्गले प्रकाशीत भएकोले त्यसको खण्डन गरिएको उल्लेख छ ।
विज्ञप्तिमा कुनैपनि संस्थामा चेन अफ कमाण्ड कायम भएन र अनुशासन हिनता भै रह्रयो भने संस्था अधोगति तिर जाने उल्ल्ेख गर्दै संस्थाको सवारी चालक रामकाजी मिजारलाई संस्थाको बार्षिक साधारणसभाबाट स्वीकृत मानव शंसाधन तथा व्यवस्थापन नीति बमोजिम बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तिमा कर्मचारीका तोकिएको जिम्मेवारीहरुमा कार्यसम्पादन कम्जोर भएमा त्यस्तोलाई बर्खास्त गर्नु नियमित प्रकृया भएको र सोही अनुसार सवारी चालक मिजारलाई बर्खास्त गरिएको उल्लेख छ ।
संस्थाको निर्वाचित सञ्चालक समिति स्वतन्त्र र स्वायत्त रहने भएकोले प्रमुख कार्यकारी अधिकृतको दवाव वा राजनीतिक आग्रह पूर्वाग्रहमा सवारी चालकको बर्खास्त गरेको भन्ने आशयको समाचार विश्वसनिय हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
संस्थाका सचिव दहालले जारी गर्नु भएको विज्ञप्तिमा संस्थाको स्वीकृत ऋण नीति बमोजिम आफ्ना सदस्यहरुलाई घर जग्गामा ऋण लगानी हुने उल्लेख गर्दै बिभिन्न अनलाईनका समाचारमा लेखिए जस्तो कुनै व्यक्ति वा समूहलाई जग्गा प्लटिङमा ऋण लगानी गरिएको कुरा झुठो रहेको जनाईएको छ । विज्ञप्तिमा प्रमुख कार्यकारी अधिकृतलाई पाँच लाख रुपैया दिएको भन्ने कुरामा समेत सत्यता नभएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्