दोलखा/दोलखाको कालिञ्चोक क्षेत्रमा सोमवार रातिबाट सुरु भएको हिमपात अहिले विहान (मंगलवार विहान) आठ बजेसम्म पनि जारी रहेको छ । कालिञ्चोकमा सोमवार रातिबाट यो बर्षको तेस्रो हिमपात सुरु भएको र त्यो मंगलवार विहान आठ बजेसम्म (झण्डै १२ घण्टा देखी) पनि निरन्तर रहेको कुरीमा रहेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।
सोमवार राति झण्डै १० बजेबाट सुरु हिमपात आज विहान (मंगलवार) आठ बजेसम्म पनि भै रहेको र अहिलेसम्म झण्डै दुई फिट हिँउ जमेको होटल सुनपातीका राजन क्षेत्रीले बताए । हिमपात जारी रहेकोले बोलेरो गाडीमा चेन लगाएर थोरैमात्र पर्यटक कालिञ्चोक पुगेका छन् । कालिञ्चोकमा रहेका एक ढेड सय पर्यटक कोही हिँउमा रमाई रहेका र कोही केबलकार बाट हिमपात हेर्दै मन्दिर गै रहेको राजनले बताए ।
यो बर्ष पहिलो पटक गत फागुन १३ गते दिउँसो केही घण्टा हिमपात भएको थियो । दोस्रो पटक चैत्र ४ गते दिउँसो हिमपात भएको कालिञ्चोक कुरीका स्थानीय होटल व्यवसायीहरुले बताए ।
प्रतिक्रिया दिनुहोस्