समाचार

लालिगुँरास युवा क्लबको अध्यक्ष पुनः प्रविण श्रेष्ठ

दोलखा/दोलखा सदरमुकाम चरिकोटमा रहेको लालिगुँरास युवा क्लबको बार्षिक साधारण सभा एवम् १३ औ अधिवेशनले प्रविण श्रेष्ठकै अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । श्रेष्ठ पुनः क्लबको अध्यक्ष चुनिएका हुन् ।

क्लबको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, सचिव मनकुमार (बिपिन) श्रेष्ठ, सह– सचिव सुनिल श्रेष्ठ र कोषाध्यक्ष श्रीराम श्रेष्ठ चुनिएका छन् ।

त्यसैगरी सदस्यहरुमा दतिराम श्रेष्ठ, डेनिस शिवाकोटी, राजेन्द्र भुजेल, प्रज्वल श्रेष्ठ, सुशिल श्रेष्ठ, सुजन प्रधान र राजकुमार वस्नेत चुनिएको क्लबका सचिव मनकुमार श्रेष्ठले बताए । १५ सदसिय समितिमा तीन जना भने पछि मनोनित गर्ने सचिव मनकुमार श्रेष्ठले बताए ।

क्लबका अध्यक्ष प्रविण श्रेष्ठको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नम्बर– ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, क्लबका सल्लाहकार नारायण भक्त श्रेष्ठ र चिरञ्जीवी मास्केले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने सचिव मनकुमार श्रेष्ठले आर्थिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

२०१७ सालमा डा. गोपालकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको लालिगुँरास युवा क्लबले खेलकुद, सामाजिक अभियान तथा चरिकोट बजारमा लाखेनाच, गाईजात्रा लगायतका सांस्कृतिक पर्वहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

सम्बन्धित समाचार