दोलखा/आदिकवि भानुभक्त आचार्यको ११३ औ जन्मजयन्तिको अवसरमा ‘दोलखा साहित्य यात्रा– ७’ सार्वजनिक तथा गजलकार जीत कार्कीलाई ‘विद्यापति साहित्यिक पुरस्कार– २०८३’ प्रदान गरिएको छ ।
भानु– विद्यापति साहित्य प्रतिष्ठान दोलखा र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जेष्ठ नागरिक ८७ बर्षिय गंगाधर रेग्मी, ८४ बर्षिय केशर बहादुर वस्नेत लगायतले रामायण बाचन समेत गरेका थिए ।
भीमेश्वर नगरपालिकाको सहयोगमा हरेक बर्ष प्रकाशन हुदै आएको दोलखा ‘साहित्य यात्रा– ७’ को सम्पादन बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिको तर्फबाट चिरञ्जीवी मास्के, जीवन लामा र मुरारि दुलालले गरेका छन् । १२० पेजको ‘दोलखा साहित्य यात्रा– ७’ मा ३९ जना लेखकको गित, गजल, कविता, मुक्तक, कथा, लघुकथा, निबन्ध, यात्रा संस्मरणहरु समेटिएका छन् ।
भानु– विद्यापति साहित्य प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख भरत प्रसाद भट्टराई, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, भीमेश्वर नगरपालिका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धर्मिला कार्की, विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाका संरक्षक चिरञ्जीवी मास्के, वागमती प्रदेश बन तथा वातावरण मन्त्रालयका प्रतिनिधि भोला खतिवडा, नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्ले र भानु– विद्यापति साहित्य प्रतिष्ठानका सचिव सुन्दर खड्काले मन्तव्य व्यक्त गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्