मुख्य समाचार

गरुड दल गणको नेतृत्वमा ‘अभ्यास मनसुन– ६’

दोलखा/नेपाली सेनाको गरुड दल गणले दोलखाको उत्तरी सिंगटी बजार क्षेत्रमा रहेको तामाकोशी नदीमा एकिकृत विपद् प्रतिकार्य अभ्यास ‘अभ्यास मनसुन– ६’ को डेमो प्रर्दशन गरेको छ ।

मनसुनजन्य विपद व्यवस्थापन तथा उद्धार क्षमताको अभिबृद्धि गर्ने उदेश्यले ‘अभ्यास मनसुन– ६’ सञ्चालन गरिएको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।

गरुड दल गणले आयोजना तथा नेतृत्व गरेको एकिकृत विपद् प्रतिकार्य अभ्यास ‘अभ्यास मनसुन– ६’ को डेमो प्रर्दशनमा नेपाली सेनाको ३० जना, सशस्त्र प्रहरी बल विपद प्रतिकार्य बेस सिंगटीबाट सशस्त्र प्रहरी नायव निरीक्षक शेखर कार्कीको नेतृत्वमा १५ जना र इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिष्णुहरि फुँयालको नेतृत्वमा करिब पाँच जना नेपाल प्रहरीको टोली सहभागी रहेका थिए ।

‘अभ्यास मनसुन– ६’ को डेमो प्रर्दशनमा बाढी– नदीमा फसेका व्यक्तिको उद्धार, रोप रेस्क्यू, वाटर रेस्क्यू र सर्च एण्ड रेस्क्यू सुरक्षित स्थानमा स्थानान्तरण तथा विपद प्रतिकार्य सम्बन्धि बिभिन्न परिस्थितिहरुको यर्थाथपरक अभ्यास प्रर्दशन गरिएको थियो ।

दोलखाको उत्तरी क्षेत्र प्राकृतिक प्रकोपको हिसाबले जोखिमपूर्ण रहेकोले सिंगटी बजार क्षेत्रमा रहेको तामाकोशी नदीमा ‘अभ्यास मनसुन– ६’ को डेमो प्रर्दशन गरिएको कर्णेल लोक सागर कटुवालले बताए ।

oplus_0

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवाल, प्रहरी नायव उपरीक्षक मनोज कुमार लामा, सशस्त्र प्रहरी नायव उपरीक्षक सञ्जय अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका डिएसपी धिरज बाँनिया, विगु गाउँपालिकाका पूर्व अध्यक्ष युधिष्टीर खड्का, स्वास्थ्यकर्मी, पत्रकार, स्थानीय संघ– संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार