खेलकुदमुख्य समाचार

कालिञ्चोकमा आयोजना भएकोे हाई अल्टिच्युट कराँते वल्ड रेकर्डमा दर्ता

दोलखा/दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर क्षेत्रमा आयोजना गरिएको हाई अल्टिच्युट फुल कन्ट्याक्ट कराँते टुनामेन्ट वल्र्ड रेकर्डमा दर्ता भएको छ ।

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघले दोलखा उद्योग बाणिज्य संघको सहयोगमा उक्त टुनामेन्ट आयोजना गरेको थियो ।

संघले ३८४२ मिटर उँचाईमा रहेको कालिञ्चोक मन्दिर क्षेत्रमा आयोजना गरेको हाई अल्टिच्युट फुल कन्ट्याक्ट कराँते टुनामेन्टलाई वल्र्ड रेकर्डमा दर्ताको लागि दावि गरिएकोमा त्यो सफल भएको संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठले बताए ।

काठमाडौँ स्थित होटल याक एण्ड यतिमा आयोजना भएको कार्यक्रममा संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोक कुमार श्रेष्ठलाई वल्ड रेकर्ड मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा वल्ड बुक अफ रेकर्ड यूके २० औ इन्टरनेशनल समिट एण्ड अवार्ड सेरोमनी वल्ड बुक अफ रेकर्ड युएसए प्रमुख ज्याक्लिन ली लेनिक तथा यूके सिईओ सन्तोष शुक्लाको उपस्थिति रहेको थियो ।

दोलखाको प्रसिद्ध धार्मिक भूमिमा आयोजना भएको टुनामेन्ट वल्ड रेकर्डमा दर्ता भएको खबरले आफुलाई खुशी लागेको दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले बताए ।

सम्बन्धित समाचार