अर्थ र ब्यापारकृषि र सहकारीधर्म/संस्कृतिमुख्य समाचार

जिरी भ्रमण बर्ष २०२५ को तयारी

दोलखा/दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गर्दै बिभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । आन्तरीक एवम् बाह्रय पर्यटकलाई जिरीमा भित्राएर आर्थिक विकास गर्ने लक्ष्य सहित नगरपालिकाको १५ औँ नगरसभाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गरेको नगरप्रमुख मित्र जिरेलले बताउनुु भयो ।
सगरमाथाको प्रवेशद्वारको नामले परिचित जिरीमा विशिष्ट भौगोलीक विशेषता, सामाजिक, सांस्कृतिक तथा धार्मिक धरोहर, लोभलाग्दो हावापानी र जैविक विविधता सहित उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको पालिका प्रमुख मित्र जिरेल बताउनुु हुुन्छ ।
आगामी फागुन ३ गते जिरी भ्रमण बर्ष २०२५ को औपचारीक उद्घाटन गरिने नगरपालिकाले जनाएको छ । एक बर्षको अवधिमा थोरैमा एकदिन बास बस्ने गरी कम्तिमा ५० हजार पर्यटक भित्राउने लक्ष्य सहित भ्रमण बर्षको अवसरमा कृषि मेला, खेलकुुद सप्ताह, गुुँरास मेला, स्ट्रिट फुड फेस्टिवल जस्ता कार्यक्रम आयोजना गरिने नगरप्रमुख मित्र जिरेलको भनाई छ ।
जिरी भ्रमण बर्ष २०२५ कै अवधिमा जिरीमा बागमती प्रदेश सरकारको मन्त्री परिषद् बैठकको लागि आग्रह समेत गरिने जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुुरुषोत्तम सापकोटाले बताउनुु भयो ।


यो अवधिमा जिरीमा अधिक पर्यटक भित्राउन साईकल रुट र पदयात्राको रुट निर्धारणमा सहजिकरण गरिने, होटल व्यवसायीहरुको समन्वयमा जिरीका सबै ठाँउमा सुलभ मूल्यमा अग्र्यानीक खाना र सफा वासस्थानको व्यवस्था गरिने, जिरी नगरपालिकाका मुुख्य पर्यटकीय केन्द्रहरु हनुमन्ते, क्याङसे, चेर्दुङ, रामबोले, पुुम्पा, पाँचपोखरी, जट्टापोखरी लगायतका ठाँउमा भ्रमणको व्यवस्था सहित होम– स्टेको व्यवस्था गरिने नगर उपप्रमुख कृष्णमाया बुुढाथोकीले बताउनुु भयो ।
जिरी भ्रमण बर्ष २०२५ कै अवसरमा आगामी फागुन १० र ११ गते जिरीको विकासमा महत्वपूर्ण भूमिका खेल्नुुहुुने स्वीस नागरिक टोनि हेगनको छोरी डा. क्याट्रिन हेगन को टोली जिरी भ्रमणमा आउने र जिरी– स्वीट्जरल्याण्डको सम्बन्धको समिक्षा सहित फोटो प्रर्दशनी कार्यक्रम समेत आयोजना हुने नगरप्रमुख मित्र जिरेलले बताउनुु भयो ।
समृद्ध जिरीको आधारः कृषि, पर्यटन र पूर्वाधारको दीर्घकालिन सोच सहित घोषणा गरिएको जिरी भ्रमण बर्ष २०२५ ले सिंगो दोलखा जिल्लाको विकास र समृद्धिमा टेवा पुुग्ने नगरप्रमुख मित्र जिरेल बताउनुु हुुन्छ ।

सम्बन्धित समाचार