मुख्य समाचारराजनिति

दोलखालाई हाईड्रो हव बनाउनुु पर्नेमा एमालेको जोड

दोलखा/नेकपा एमाले दोलखाको पाँचौ पूर्ण बैठकले जिल्लाको विगुगाँउपालिका वडा नम्बर– १ लामाबगर नाकाबाट छिमेकी मुुलुुक चीन र भारत जोड्ने उत्तर– दक्षिण लोकमार्ग निर्माण गरी त्रिदेशीय व्यवसायीक सम्बन्ध विस्तार गर्दा दोलखासंगै समग्र मुुलुुकको समृद्धिमा टेवा पुुग्ने भएकोले त्यसलाई अविलम्ब कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुुरुङको प्रमुुख आतिथ्यता तथा जिल्ला अध्यक्ष नरबहादुुर श्रेष्ठको सभापतित्वमा दुुई दिनसम्म चलेको बैठकले जिल्लालाई हाईड्रो हवको रुपमा विकास गर्दै हाईड्रो टुरीजमको परिकल्पना मार्फत स्थानीय नागरिकको आर्थिक समृद्धिको लागि लगानी मैत्री बाताबरण बनाउनुु पर्ने कुरामा जोड दिएको छ ।
कतिपय हाईड्रो पावरहरु स्थानीय नागरिकको गुनासा सुुनवाई नगरी भ्रष्टाचार, अनियमितता र विकृतिको दलदलमा फसिरहेको बैठकले ठहर गरेको छ । कतिपय हाईड्रो पावरहरुले लगानी मैत्री वातावरण बनाउनुुको सट्टा सार्वजनिक सुुनवाई समेत नगरी मनोमानि गरिरहेको तर्फ एमाले दोलखाको गम्भीर ध्यानाकर्षण भएको एमाले दोलखाका अध्यक्ष नरबहादुुर श्रेष्ठले बताए ।
बैठकले भीमेश्वर नगरपालिका वडा नम्बर– ९ मा रहेको खरीढुुङ्गा स्थित खरीखानी, डाङडुुङे डाँडामा निर्माणधिन फिल्मशिटी, जिरी नगरपालिकाको जिरी ताल, विमानस्थल, कृषि फर्म लगायत सञ्चालनमा सरकारको ध्यानाकर्षण गराएको छ ।
जिल्लाको पर्यटकीय केन्द्रहरु दोलखा भीमेश्वर, कालिञ्चोक, शैलुुङ, विगुु तथा लप्ची गुुम्बा, गौरीशङ्कर हिमाल, च्छो– रोल्पा हिमताल लगायतलाई एउटै करिडोरमा समेटेर धार्मिक एवम् प्राकृतिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुुपर्नेमा पनि जोड दिएको छ ।

सम्बन्धित समाचार