बागमतीमुख्य समाचारयो पनिराजनिति

उमाको प्राथामिकताः गौरीशङ्करको समृद्धि

दोलखा/दोलखा गौरीशङ्कर गाँउपालिकाको उपप्रमुखमा नेकपा एमालेले वडा नम्बर– ७ मार्वुको युवा नेतृ उमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गौरीशङ्कर गाँउपालिकाको उपप्रमुख श्यामसुन्दर तमाङको ह्रदयघातको कारण निधन भएपछि उक्त पदको लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुदैछ ।
नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरिएको उमा शेर्पा (उमा लुंगेली मगर शेर्पा) गौरिशंकर गाउँपालिका वडा नम्वर ७ मार्वुको स्थायी बासिन्दा हुुन् । शेर्पाको जन्म २०४६ साल फागुन २ गते ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा भएको थियो ।


गौरीशङ्कर गाउँपालिका वडा नम्वर ७ मार्वु निवासी फुर्लाक्पा शेर्पासंग २०६७ सालमा विवाह भएपछि उनी गौरीशङ्कर गाउँपालिका भित्र सामाजिक कार्यसंगै राजनीतिक रुपमा समेत क्रियाशील हुदै आएकी छन् ।
विद्यार्थी जीवनमा नेकपा एमालेको भातृसंगठन अनेरास्वीयुको विभिन्न कमिटीमा रहेर काम गरेको शेर्पाले त्यस यता नेकपा एमालेको विभिन्न गतिविधीहरुमा सहभागी भई काम गर्दै आएकी छन् । ग्रामिण क्षेत्रमा जन्मिएकी शेर्पाले अर्थशास्त्र विषयमा उच्च शिक्षा अध्यन गरेकी छन् । हाल उनी राजनीतिसंगै समाजसेवा र नीजि व्यवसायीक काममा समेत सक्रिय छिन् । शेर्पा कराँते खेलमा समेत अब्बल रहेकी छन् ।


शेर्पाले २०७२ को भूकम्प, कोभिड–१९ को महामारी, बाढी पहिरो लगायतका समयमा जनताको साथमा रहि नीजि तथा विभिन्न संघसंस्थाको सहकार्यमा जनताको घरदैलोमा राहत सामग्री पुराउने कार्यमा समेत सक्रिय रहेकी थिईन ।
लायन्स क्लबमा आवद्ध भएर समेत शेर्पाले बिभिन्न सामाजिक काम गर्दै आएकी छन् । दोलखाको गौरीशङकर गाउँपालिका र काठमाण्डौमा विभिन्न व्यवसाय संचालन गर्दै आएको शेर्पा एक सफल व्यवसायी समेत हुुन् ।
दोलखाको गौरीशङ्कर गाँउपालिका सांस्कृतिक, जैविक विविधता र पर्यटकीय हिसाबले देशकै महत्वपूर्ण पालिका भएकोले यसको विकास र समृद्धिमा योजनबद्ध ढंगले काम गर्ने आफ्नो पहिलो प्राथामिकता भएको शेर्पाको भनाई छ ।
गौरीशङ्कर गाँउपालिकामा पर्यटन र जैविक विविधताको क्षेत्रमा काम गर्न सकिए ग्रामिण नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण फड्को मार्न सकिने शेर्पाको विश्वास छ । पालिकाको मतदाताले मलाई विजयी गराउनुभयो भने म यहि कुरालाई प्राथामिकतामा राखेर काम गर्ने छुु– शेर्पाले भनिन् ।

यसैबीच नेकपा एमालेबाट उपाध्यक्ष पदको लागि उम्मेदवार उमा शेर्पाले २१ गतेबाटै घरदैलो अभियान सुरु गरेकी छन् । शेर्पाले गौरीशङ्कर गाउँपालिका वडा नम्वर ७ मार्वुबाट घर दैलो अभियान सुरु गरेकी हुुन् । मार्वुबाट सुरु गरिएको घरदैलो अभियान चंखु, सुरी, झयाकु हुँदै वडा नम्वर १ र २ जुँगु पुगेको छ । अभियान २७ गते वडा नम्वर ८ खारेमा, २८ गते सिमिगाउँ र २९ गते टासिनाममा पुुग्ने छ ।

सम्बन्धित समाचार