बागमतीसमाचारस्वास्थ्य

५८ जनाको मोतिया विन्दुको सल्यक्रिया

दोलखा/दोलखाको शैलुुङ गाँउपालिका वडा नम्बर– ८ भैसेमा सञ्चालित मोतिया विन्दुुको निशुुल्क शल्यक्रिया शिविरमा ५८ जनाको मोतिया विन्दुुको सल्यक्रिया गरिएको वडा नम्बर– ८ का वडा अध्यक्ष धनबहादुुर तमाङले बताए ।
समाजसेवी शोभित उप्रेतीको सक्रियतामा शैलुुङ गाँउपालिका वडा नम्बर– ८, माट्रिका आँखा केन्द्र पुुरानो बानेश्वर काठमाडौँ र फाईट फर लाईफ काठमाडौँले शिविरको आयोजना गरेको हो । शिविरमा नेत्ररोग विशेषज्ञ डा. दीक्षा मल्लको टिमले अप्रेशन र आँखाको परिक्षण गरेको माट्रिका आँखा केन्द्र पुुरानो बानेश्वर काठमाडौँका प्रशासकिय प्रमुख कल्याण ढुुङ्गानाले बताए ।
चार दिन सम्म सञ्चालन भएको शिविरमा पाँच सय ३० जनाको आँखा परिक्षण गरिएको र ५० जनालाई निशुल्क चश्मा वितरण गरिएको आयोजक फाईट फर लाईफ काठमाडौँको अध्यक्ष हेमा मानन्धरले बताईन । शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

सम्बन्धित समाचार