कला / साहित्यबिचार / ब्लग

भगवान

सम्राट चाैलागाई

ढलौट्को मुर्ती पुज्दा यहाँ

अशुद्ध हुन्छ ।

किन हो भगवान कस्को

मन भित्र हुन्छ।

कहाँ छन र भगवान

देख्ने साधु कोहि ।

भगवान नै मेरो प्राण हो

भन्छन त कोहि।

बन्धन त हुन्छ माने नमाने

जस्तो गरे पनि।

आस्था बिचार सबै आफैमा

रहेको त छ नि।

युग युग चल्या छ अझै कति

युग फेरिन्छ हो।

मान्ने नमर्ने नमान्ने मर्ने छैन

कतै अँध्यारो त्यो।

जाल भित्र माछा मृत्युमा

मान्छे पक्कै छटपट ।

कोपिला झर्छ बगैचामा

कसको हुन्छ कपट।

खोलिको पानी आकाशको पानी

के फरक छ र।

बगाई लान्छ सपना पनि

र लाश पनि सरर।

गल्ती छ मान्छे भनौ त स्वार्थी

जो कोहि छ।

अमुल्य धन,रुपकी रानी

देख्दा नहेर्ने कोहि छ।

आमाको काखमा बाबाको छाया

यहि हो स्वर्ग।

देवी मान जहाँ पनि साचो

सत्य यहि हो नि स्वर्ग।

सम्बन्धित समाचार