धर्म/संस्कृतिसमाचार

गुठीको साधारणसभामा बिभिन्न व्यक्ति सम्मानित

दोलखा/चरिकोटका नेवार समुुदायले स्थापना गरेको चरिकोट गुठिको १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धरले गुुठीले जातिय पहिचान तथा सांस्कृतिक रितिरिवाजको संरक्षणसंगै सामाजिक अभियान समेत सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
साधारणसभाको अवसरमा बिभिन्न क्षेत्रमा सक्रिय गुठिका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बुद्धिजिवि डा. गोपालकृष्ण श्रेष्ठ, समाजसेवी रामेश्वर मानन्धर, पत्रकार चिरञ्जीवी मास्के, समाजसेवी ध्रुुब श्रेष्ठ, बिमल श्रेष्ठ, अनिता श्रेष्ठ, इङ्गल श्रेष्ठ, जेष्ठ सदस्य हरि बहादुर श्रेष्ठ (९१ बर्ष) र स्व.बद्रीभक्त श्रेष्ठ (मरणोप्रान्त) लाई सम्मान गरिएको हो ।


चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुठीका सचिव बिपिन श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोपाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा समाजसेवी रामेश्वर मानन्धर, पशुपति कन्या मन्दिर माविका प्रधानाध्यापक गोविन्द नारायण मानन्धर, पत्रकार चिरञ्जीवी मास्के चरिकोट गुठी काठमाडौँ शाखाका संयोजक रामकृष्ण श्रेष्ठ र चरिकोट गुठीका उपाध्यक्ष प्रबिण श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार