धर्म/संस्कृतिमुख्य समाचारयो पनि

भीमेश्वरको शिलामा दुुई पटक पसिना !

दोलखा/प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको शिलामा शनिवार दिउँसो दुुई पटक पसिना आएको छ । पहिलो पटक शनिवार दिउँसो १ः४७ बाट शिलाको बाँयापट्टी पसिना आउन सुरु भएकोमा ३ः५१ बजे रोकीएको र दोस्रो पटक ४ः०५ बजे शिलाको दाँयापट्टीबाट पसिना आउन सुरु भै सबैतिर झण्डै १०/१२ मीनेट पसिना आएको दोलखा भीमेश्वर गुुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुुरेश श्रेष्ठले बताउनु भयो ।
शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानिय भक्तजनहरु भेला भएका थिए । उनीहरुले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शिलाको पसिना कपासले पुछेका थिए । त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पुजा समेत गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुु भयो ।


शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पुजा नगरी पसिना रोकीदैन भन्ने विश्वास रहेको छ । शनिवार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पुजा गरेपछि पसिना आउन रोकीएको थियो । भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउदा राष्ट्रप्रमुलाई असर गर्ने र बाँया पट्टी पसिना आउदा जनतालाई असर गर्ने जनविश्वास रहदै आएको छ । शिलामा पसिना आउदा शुभ या अशुभ दुबै खाले प्रभाव पर्न सक्ने स्थानिय जेष्ठ नागरिकहरुको भनाई छ । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास समेत रहेको छ ।
शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमापुजा गर्ने प्रचलन समेत रहेको छ ।


दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१ पटक पसिना आईसकेको स्थानियको भनाई छ । पछिल्लो पटक २०७८ बैशाख २५ गते भीमेश्वरको शीलामा पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । भीमेश्वरको शीलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि पसिना आएको स्थानिय जेष्ठ सदस्यहरुले बताए ।

तस्विर साैजन्य- दिल केसी/ सुरेश श्रेष्ठ

सम्बन्धित समाचार