बागमतीराजनितिसमाचार

भीमेश्वर नगर पूर्ण खोप घोषणा

चरिकोट/दोलखाको भीमेश्वर नगरपालिका पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगरपालिका घोषणा भएको छ । नगर भित्र रहेका सम्पूर्ण बालबालिकाहरुले आवश्यक सबै प्रकारका खोप प्राप्त गरेकोले नगरलाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगरपालिका घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालले बताउनु भयो ।
सोमवार नगरप्रमुख इश्वर नारायण मानन्धरले नगरलाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगरपालिका घोषणा गर्नु भएको हो ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार तथा सुदृढीकरण गरी गुणस्तरीय खोप सेवालाई निरन्तरता दिईएकोले सोमवार नगरलाई पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगरपालिका घोषणा गरिएको जनाईएको छ ।
भीमेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले ९ वटै वडामा गरेको सर्वेक्षणमा जन्मेदेखि १५ महिना मुनिका चार सय ७८ जना बालबालिका र १६ महिना देखि ५ वर्ष मुनिका सबै एक हजार तीन सय ९४ जना बालबालिकाले पाउनुपर्ने पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप दिगोपना तथा सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले बताउनु भयो ।

सम्बन्धित समाचार